प्रेस बिज्ञप्ति १

2076-12-19 1730 Press Release

१. नेपाल सरकार मन्त्रिपरिषद्को मिति 2076 चैत्र 16 गतेको निर्णय अनुसार कोरोना भाईरस (कोभिड-19) विरुद्धको प्रतिकार्य गर्नको लागि उच्च स्तरिय निर्देशक समितिको मातहतमा, सहजिकरण समिति अन्तरगत रही प्रतिकार्यलाई प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा सम्पादन गर्नको लागि छाउनीस्थित नेपाली सेनाको महावीर गण (रेञ्‍जर) को हाताभित्र प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा नेपाली सेनाको प्रवन्धरथी तथा स्वास्थ्य मन्त्रालयका 12औं तहका प्रतिनिधिहरुको समन्वयकारी भुमिका रहने गरी स्थापना गरिएको COVID-19 Crisis Management Center - Operation (CCMC-Ops) को मिति 2076 चैत्र १८ गते माननीय उप प्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले निरिक्षण भ्रमण गर्नु भएको छ ।

2. भ्रमणको क्रममा माननीय उप प्रधानमन्त्री एवम् रक्षा मन्त्री पोखरेलद्वारा उक्त केन्द्रद्वारा कोरोना भाईरस (कोभिड-19) को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी गरिएको तयारी, प्रगती प्रतिवेदन लगायत भावी योजना सम्बन्धमा जानकारी लिनु भएको थियो । साथै उहाँले उक्त केन्द्रको प्रभावकारी रुपमा संचालन गर्नको लागी आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

3. उक्त COVID-19 Crisis Management Center (CCMC) बाट केन्द्रिय, प्रादेशिक र स्थानीय तहसम्म निजामति, सुरक्षा निकाय र सबै सरोकारवालाहरुको संयुक्त समूहहरुमार्फत Corona Virus विरुद्ध एकिकृत रुपमा सबै प्रकारका प्रतिकार्यहरु संचालन गरिने छ । CCMC-Ops ले COVID-19 को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि व्यक्तिहरुको Tracking, Tracing र Testing गर्ने, Quarantine, Isolation र Treatment गर्ने तथा आवश्यक अनुसार मृतहरुको शव व्यवस्थापन गर्ने लगायत CCMC-Ops ले केन्द्र देखि स्थानीय स्तरसम्म एउटै Chain of Command स्थापना गरी प्रशासनिक चुस्तता हासिल गर्दै द्रुत गतिमा प्रतिकार्य (Rapid Response) गर्ने, श्रोत र साधनको सिमिततालाई मध्यनजर राख्दै यसले केन्द्रिकृत नियन्त्रण र विकेन्द्रिकृत कार्यान्वयन (Centralized Control & Decentralized Execution) मार्फत श्रोत साधनको अत्युतम उपयोग एकिन गर्ने, नेपालमा Corona Virus को अवस्था र Stage हरुको मूल्याङ्कन र सुक्ष्म अनुगमन गर्दै आवश्यक रणनीति र कार्यनीति तर्जुमा गर्ने जस्ता अवधारणा अनुरुप कार्य संचालन गरिने छ ।

उक्त CCMC-Ops द्वारा मुलभुत रुपमा स्वास्थ्य सेवा तथा उपचार (Medical Ops), औषधी उपकरण तथा स्वास्थ्य सामाग्री आपूर्ती सेवा (Logistic Ops), शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रण कार्य (Security Ops) र सूचना तथा प्रविधि कार्य (Media & IT Ops) जस्ता ४ Stream हरुमा आफ्नो कार्य केन्द्रित गर्ने छ । साथै उक्त CCMCकेन्द्रद्वारा हालसम्म COVID-19 Crisis Management Center - Operation (CCMC-Ops) को कार्यालय स्थापना (Office Setup), प्रारम्भिक सूचना प्रणालीको विकास (Communication Network), अत्यावश्यक जनशक्तिको व्यवस्थापन (HR Management) र स्थायी कार्यविधिहरुको मस्यौदा विकास (Development of Draft SOP) गर्ने कार्य सम्पन्‍न भईसकेको छ । साथै अन्य थप जानकारीको लागी नेपाली सेनाको हन्टिङ्ग लाईन ०१-४२७१७३०/४२८६६६० मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ ।

4. भ्रमणमा नेपाल सरकारका माननीय मन्त्रीहरु, नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधानसेनापति, नेपाल सरकारका सचिवहरु, नेपाली सेनाका बलाधिकृत तथा बलाध्यक्ष रथीवृन्दहरु, नेपाल प्रहरीका प्रहरी महानिरिक्षक, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरिक्षक, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, नेपाल सरकारका उच्चपदस्थ व्यक्तिहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उच्चपदस्थ अधिकृतहरु लगायतको उपस्थिती रहेको थियो ।

५. विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को संक्रमण नेपालमा समेत देखापरिसकेको परिस्थितिलाई दृष्टिगत गरि उक्त भाईरसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार सधै प्रतिवद्ध रहेको समेत जानकारी गराईन्छ ।