प्रेस बिज्ञप्ति १४

2077-02-23 1710 Press Release

१. कोभिड-१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी मन्त्रिपरिषद्को मिति २०७७/०२/१२ गतेको आदेश अनुसार असहज परिस्थितिका कारण विदेशमा अड्किएका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराउने योजना अनुरुप आज मिति २०७७/०२/२३ गते शुक्रबार बिहान १०:५1 बजे मित्रराष्ट्र म्यानमारको Air Force विमानबाट २६ जना (बागमति प्रदेशका १७, गण्डकी प्रदेशका ४, नं.१ प्रदेशका ४ र नं.५ प्रदेशका १ जना) नेपाली नागरिकहरुको स्वदेश आगमन भएको छ। आगमन पश्चात निजहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले काठमाण्डौ उपत्यका भित्र स्थापना गरिएको Holding Centre हरु मध्ये यति पार्टी प्यालेस Holding Centre मा लगिएको छ । म्यानमारबाट स्वदेश फर्कन तयारी रहेका मध्ये PCR Report Negative भएका २६ जना मात्र नेपाल फिर्ता भएको व्यहोरा जानकारी गराईन्छ ।

२. उक्त Holding Centre मा निजहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका कार्यहरु गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा आ-आफ्नो प्रदेशमा पठाउन आवश्यक तयारी भईरहेको छ ।