प्रेस बिज्ञप्ति १५

2077-02-23 1920 Press Release

१. कोभिड-१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी मन्त्रिपरिषद्को मिति २०७७/०२/१२ गतेको आदेश अनुसार असहज परिस्थितिका कारण विदेशमा अड्किएका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराउने योजना अनुरुप आज मिति २०७७/०२/२३ गते शुक्रबारको १७:३७ बजे मित्रराष्ट्र संयुक्त अरव ईमिरेटस् (UAE) को Air Arabia विमानबाट (नं.१ प्रदेशका ४६ जना, नं.२ प्रदेश २३ जना, बागमती प्रदेशका ३७ जना, गण्डकी प्रदेशका २८ जना, नं.५ प्रदेश १८ जना, कर्णाली प्रदेशका ४ जना र सुदुर पश्चिम प्रदेशका १२ जना) गरी १६८ र १ जना नाबालक सहित १६९ जना नेपाली नागरिकहरुको स्वदेश आगमन भएको छ । आगमन पश्चात निजहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रदेशगत रुपमा काठमाण्डौ (बागमती, गण्डकी र नं. ५ प्रदेश), भक्तपुर (नं. १ र २ प्रदेश) र ललितपुर (कर्णाली र सुदुर पश्चिम प्रदेश) मा स्थापना गरिएको Holding Centre हरुमा लगिएको छ ।

२. उक्त Holding Centre मा निजहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका कार्यहरु गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा आ-आफ्नो प्रदेशमा पठाउन आवश्यक तयारी भईरहेको छ ।