प्रेस बिज्ञप्ति १६

2077-02-28 0920 Press Release

१. मन्त्रिपरिषद्को मिति २०७७/०२/१२ गतेको निर्णय अनुसार कोभिड-१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने शिलसिलामा हिजो मिति २०७७/०२/२7 गते मंगलबारको 22:22 बजे मित्रराष्ट्र अष्ट्रेलियाबाट नेपाल बायु सेवा निगमको 4136 उडानबाट (नं.1 प्रदेशका १ जना, बाग्मति प्रदेशका 3 जना, गण्डकी प्रदेशका १ जना, नं.5 प्रदेश 5 जना र कर्णाली प्रदेशका 1 जना) जम्मा 11 जना नेपाली नागरिकहरुको स्वदेश आगमन भएको छ । आगमन पश्चात वहाँहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रदेशगत रुपमा स्थापना गरिएको Holding Centre हरुमा लगिएको छ ।

२. उक्त Holding Centre मा निजहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका कार्यहरु गरी 2 (दुई) जनालाई Home Quarantine, 7 (सात) जनालाई Hotel Quarantine र 2 (दुई) जनालाई खरिपाटी Quarantine मा पठाईएको छ ।