प्रेस बिज्ञप्ति १७

2077-02-29 1730 Press Release

१. मन्त्रिपरिषद्को मिति २०७७/०२/१२ गतेको निर्णय अनुसार कोभिड-१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा आज मिति २०७७/०२/२९ गते बिहिबारको ११३2 बजे मित्रराष्ट्र कुवेतको जजिरा एयरवेजको फ्लाईट नं. J91541 को पहिलो उडानबाट (नं.1 प्रदेशका ३८ जना, नं.२ प्रदेश ६ जना, बागमति प्रदेशका ५९ जना, गण्डकी प्रदेशका १३ जना, नं.5 प्रदेश २८ जना र कर्णाली प्रदेशका ५ जना र सुदूरपश्चिम प्रदेशका १ जना) जम्मा १५० जना तथा आजकै १४०० बजे सोही मुलुकको जजिरा एयरवेजको फ्लाईट नं. J91543 को दोश्रो उडानबाट (नं.1 प्रदेशका ५४ जना, नं.२ प्रदेश ४ जना, बागमति प्रदेशका ४४ जना, गण्डकी प्रदेशका १३ जना, नं.5 प्रदेश २३ जना र कर्णाली प्रदेश प्रदेशका १० जना र सुदूरपश्चिम प्रदेशका १ जना) जम्मा १४९ जना गरी कुल जम्मा २९९ नेपाली नागरिकहरुको स्वदेश आगमन भएको छ ।

२. स्वदेश आगमन भएका नागरिकहरुलाई प्रदेशगत रुपमा नं. १ प्रदेशका ९२ जना, नं. २ प्रदेशका १० जनालाई क्रमश: भक्तपुर स्थित इम्पेरियल व्याङकेट र हेरिटेज पार्टी प्यालेस Holding Centre मा, बागमती प्रदेशका १०३ जना, गण्डकी प्रदेशका २६ जना र नं.५ प्रदेशका ५१ जनालाई क्रमश: काठमाण्डौ स्थित यति पार्टी प्यालेस, स्काइजोन पार्टी प्यालेस र कुण्डलिनी व्याङकेट Holding Centre मा तथा कर्णाली प्रदेशका १५ जना र सुदूरपश्चिम प्रदेशका २ जनालाई क्रमश: ललितपुर स्थित मण्डला पार्टी प्यालेस र सिद्धार्थ पार्टी प्यालेस Holding Centre मा नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले लगिएको छ।

३. उक्त Holding Centre मा निजहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा आ-आफ्नो प्रदेशमा पठाउन आवश्यक तयारी भईरहेको छ ।