प्रेस बिज्ञप्ति १८

2077-02-30 1730 Press Release

१. मन्त्रिपरिषद्को मिति २०७७/०२/१२ गतेको निर्णय अनुसार कोभिड-१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा आज मिति २०७७/०२/३० गते शुक्रबारको ११:३० बजे मित्रराष्ट्र कुवेतको जजिरा एयरवेजको फ्लाईट नं. J91541 को उडानबाट (नं.1 प्रदेशका ३७ जना, नं.२ प्रदेशका ३ जना, बाग्मति प्रदेशका ४५ जना, गण्डकी प्रदेशका ३३ जना, नं.5 प्रदेशका २६ जना र कर्णाली प्रदेशका ५ जना) जम्मा १४९ जना तथा आजकै १४:१७ बजे मित्रराष्ट्र जापानबाट फ्लाईट नं. RA-4332 को उडानबाट (बाग्मति प्रदेशका ५ जना र नं.5 प्रदेशका १ जना) जम्मा ६ जना गरी कुल जम्मा १५५ जना नेपाली नागरिकहरुको स्वदेश आगमन भएको छ । आगमन पश्चात वहाँहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रदेशगत रुपमा स्थापना गरिएको Holding Centre हरुमा लगिएको छ ।

२. उक्त Holding Centre मा निजहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाउन आवश्यक तयारी भईरहेको छ ।