प्रेस बिज्ञप्ति १९

2077-02-32 1800 Press Release

१. मन्त्रिपरिषद्को मिति २०७७/०२/१२ गतेको निर्णय अनुसार कोभिड-१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा आज मिति २०७७/०२/३2 गतेको 12:18 बजे मित्रराष्ट्र अफगानिस्तानबाट संयुक्त राष्ट्र संघको UNO-201B उडानबाट जम्मा 18 जना नेपाली नागरिकहरुको स्वदेश आगमन भएको छ । आगमन पश्चात वहाँहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका प्रकृया पुरा गरी काठमाण्डौं स्थित पार्क भिलेज रिसोर्टमा होटल क्वारेन्टाईनमा पठाईएको छ ।

२. साथै, आजकै मितिमा मित्रराष्ट्र बंगलादेशबाट नेपाल बायु सेवा निगमको RA-4561 उडानबाट (नं.1 प्रदेशका 18 जना, नं.२ प्रदेशका 65 जना, बाग्मति प्रदेशका 134 जना, गण्डकी प्रदेशका 12 जना, नं.5 प्रदेशका २0 जना, कर्णाली प्रदेशका ५ जना र सुदुरपश्चिम प्रदेशका 8 जना) जम्मा 262 जना नेपाली नागरिकहरुको 17:20 बजे (बंगलादेशको स्थानिय समय) प्रस्थान भएको छ । उक्त उडान अवतरण हुन बाँकी नै रहेको र अवतरण पश्चात बिस्तृतमा पछि जानकारी गराईने छ ।