प्रेस बिज्ञप्ति २०

2077-03-01 1700 Press Release

१. कोभिड-१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा हिजो मिति २०७७/०२/३२ गतेको १८:२० बजे मित्रराष्ट्र बंगलादेशबाट नेपाल बायु सेवा निगमको RA-4561 उडानबाट नं.१ प्रदेशका २१ जना, नं.२ प्रदेशका ५८ जना, बाग्मति प्रदेशका १३२ जना, गण्डकी प्रदेशका १३ जना, नं.५ प्रदेशका १५ जना, कर्णाली प्रदेशका ६ जना, सुदुरपश्चिम प्रदेशका ७ जना, नेपाली सेनाका ४ जना गरी २५६ जना नेपाली नागरिकहरु तथा सैनिक तालिमको शिलसिलामा आएका २ जना बंगलादेशका नागरिक सहित जम्मा २५८ जना नेपाल आगमन भएको छ ।आगमन पश्चात वहाँहरु सबैलाई मिति २०७७/०३/०१ गतेको बिहान ००:५५ बजे नेपाली सेनाको व्यबस्थापनमा सम्बन्धित प्रदेशतर्फ पठाई Home Quarantine, Hotel Quarantine तथा प्रदेशगतरुपमा बनाईएको Quarantine स्थलमा राखिएको छ भने २ जना बंगलादेशका नागरिकहरुलाई शिबपुरी ब्यारेकमा Quarantine मा राखिएको छ ।

२. त्यसैगरी आजै मिति २०७७/०३/०१ गतेको बिहान ०६:२० बजे मित्रराष्ट्र हङकङ्गबाट नेपाल बायु सेवा निगमको RA 4093 को उडानबाट ३ महिला र ४ जना पुरुष सहित ७ जना नेपाली नागरिकहरुको स्वदेश आगमन भएको छ । वहाँहरुको अध्यागमन, एवं स्वास्थ्य परिक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी ठमेल स्थित ACCESS Hotel मा क्वारेन्टाईनमा पठाईएको छ।