प्रेस बिज्ञप्ति २१

2077-03-01 1900 Press Release

१. कोभिड-१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा आज मिति २०७७/०३/०१ गतेको १३:५० बजे मित्रराष्ट्र ओमानबाट सलाम एयरको OV-427 उडानबाट प्रदेश नं.१ का २५ जना, प्रदेश नं.२ का १० जना, बाग्मति प्रदेशका ५७ जना, गण्डकी प्रदेशका २६ जना, प्रदेश नं.५ का ३८ जना, कर्णाली प्रदेशका ३ जना र सुदुरपश्चिम प्रदेशका ७ जना गरी जम्मा १६६ जना नेपाली नागरिकहरुको स्वदेश आगमन भएको छ । आगमन पश्चात वहाँहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रदेशगत रुपमा स्थापना गरिएको Holding Centre हरुमा लगिएको छ ।

२. उक्त Holding Centre मा निजहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाउन आवश्यक तयारी भईरहेको छ ।