प्रेस बिज्ञप्ति २३

2077-03-02 1900 Press Release

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६ चैत्र १६ गतेको निर्णय अनुसार कोरोना भाईरस (कोभिड-१९) महामारी विरुद्धको प्रतिकार्य, रोकथाम र नियन्त्रण गर्नको लागि कोभिड-१९ संकट ब्यवस्थापन संचालन केन्द्र (COVID-19 Crisis Management Center Operation- CCMC Ops) छाउनीस्थित Regional Crisis Management Centre मा मुकाम रहने गरी संचालनमा रहेको छ।

माननीय उपप्रधान तथा रक्षा मन्त्रीको संयोजकत्वमा विभिन्न १० जना माननीय मन्त्रीहरु सदस्य रहेको कोभिड-१९ संकट ब्यवस्थापन संचालन केन्द्र (CCMC) निर्देशक समतिको निर्देशनमा रही यस केन्द्रको कार्य सम्पादन हुंदै आईरहेको छ ।

कोभिड-१९ बिरुद्धका सबै प्रकारका प्रतिकार्यहरु केन्द्रिय, प्रादेशिक, जिल्ला र स्थानिय तहसम्म जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी, सुरक्षा निकाय र नागरिक समाज लगायत सम्पुर्ण Stake Holder हरुको संयुक्त प्रयास मार्फत परिचालन गर्नु यसको प्रमुख उद्देश्य रहेको छ। यस केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवको संयोजकत्वमा संयोजन समूह र स्वास्थ्य सेवा तथा उपचार कार्यको लागि Medical Ops, आपूर्ति तथा अत्यावश्यक सेवा सहजीकरणको लागि Logistic Ops, शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रणको लागि Security Ops र सूचना प्रविधि कार्यको लागि Media IT Ops रहेको छ। संयोजन तथा विभिन्न अप्समा स्वास्थ्य तथा जनसंख्या, गृह, रक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरु रहेका छन्।

CCMC को संगठनात्मक संरचना र काम कारवाही सम्बन्धमा केही संचार माध्यमहरुमा प्रकाशित समाचारहरुबाट सर्वसाधारणमा भ्रम पर्न गएकोमा यस केन्द्रको ध्यानाकर्षण भएको छ। CCMC बाट नियमित रुपमा सम्पादन हुने काम कारवाही वा केन्‍द्रसंग सम्बन्धित सूचनाहरु यस केन्द्रको वेबसाईट www.ccmc.gov.np मा राख्ने गरिएको हुँदा आवश्यक सूचना तथा जानकारीहरु उक्त वेबसाईटबाट प्राप्त गर्न सकिनेछ। सो सम्बन्धमा थप जानकारी आवश्यक परेमा वा सूचना यकिन गर्नु परेमा केन्द्रका सह सचिव श्री फणिन्द्र मणि पोखरेल (मोबाईल नं.९८५११४००१०) सँग सम्पर्क गर्नु हुन अनुरोध छ ।