प्रेस बिज्ञप्ति ३

2076-12-21 1335 Press Release

१. कोरोना भाईरस (COVID-19) महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि स्थापना गरिएको काठमाण्डौं, छाउनी स्थित COVID-19 Crisis Management Center - Operation (CCMC-Ops) मा मिति 2076 चैत्र 21 गते माननीय उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेलले भ्रमण गर्नु भई हालसम्म भए-गरेका काम कारवाहीहरुको वारेमा जानकारी लिनु भएको छ ।

2. उक्त भ्रमणको क्रममा माननीय उपप्रधान एवम् रक्षामन्त्री पोखरेललाई कोरोना भाईरस (COVID-19) को रोकथाम, नियन्त्रण र उपचार, संक्रमित देखिएका बिरामीहरुलाई अस्पतालसम्म पुर्याई उपचारको ब्यवस्था लगायत उक्त रोगको प्रतिकार्यको लागि अत्यावश्यक औषधी उपकरण तथा स्वास्थ्य सामाग्रीहरुको आवश्यकताको पहिचान र खरिद प्रक्रियाको सम्बन्धमा प्रस्तुतिकरण मार्फत जानकारी गराईएको थियो । सोही प्रस्तुतिकरणको क्रममा लकडाउनको समयमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयको साथै अत्यावश्यक उपभोग्य समानहरुको आपूर्ति र राहत बितरणलाई प्रभावकारी बनाउने विषयमा समेत जानकारी गराईएको थियो ।

३. प्रस्तुतिकरण पश्चात माननीय उप प्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले कोरोना भाईरस (COVID-19) महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यमा सम्बद्द सबैले मेहनत तथा ईमान्दारितापूर्वक योगदान पुर्याउन निर्देशन दिनु भएको छ ।

४. सो कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति, CCMCअपरेशनका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव श्री लक्ष्मण अर्याल, नेपाली सेनाका रथीबृन्द, CCMCअपरेशन अन्तर्गतका Cluster संयोजकहरु लगायत अन्य बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।