प्रेस बिज्ञप्ति ८

2077-01-12 1330 Press Release

१. नेपाल सरकारको कोभिड-१९ विरुद्धको रणनीति अन्तरगत नेपालमा कोभिड-१९को हालको अवस्था र हुन सक्ने महामारीको आँकलन एवं मूल्याङ्कन गरी तदनुरुप भविष्यमा चाल्नु पर्ने कदमहरुको कार्यनीति तयार गर्न सहजीकरण गर्ने उद्देश्यमा केन्द्रित रही CCMCOps को योजना अनुरुप वृहत रुपमा स्वाब संकलन गरी परीक्षण गर्न नं.२ प्रदेश अन्तरगत ८ जिल्लाहरु बारा, पर्सा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, सिराहा र सप्तरी जिल्लाका २६ स्थानमा अनुमानित १५२० जनाको स्वाब संकलन गर्न श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका स्वास्थ्यकर्मीहरुको संयुक्त ६ वटा टोली आज मिति २०७७ बैशाख १२ गते त्यस तर्फ प्रस्थान गरेको छ । उक्त टोलीले आज मिति २०७७ बैशाख १२ र ऐ. १३ गते दुई दिनमा उल्लेखित १५२० जनाको स्वाब संकलन गरी परीक्षणको लागि काठमाण्डौं लगायत बिभिन्न स्थानमा रहेका प्रयोगशालामा पुर्‍याउने योजना रहेको छ ।

२. नेपाल सरकारको सोही रणनीति अन्तरगत रहेर CCMCOps को योजना अनुसार वृहत स्वाब संकलन तथा परीक्षण गर्न श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको संयुक्त टोलिले उदयपुर जिल्लाको बिभिन्न स्थानहरुमा गत २०७७ बैशाख ७ गते १५२ र ऐ. ८ गते १०० गरी जम्मा २५२ वटा स्वाब संकलन गरी काठमाण्डौंको टेकु स्थित श्री राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लागि बुझाउनुका साथै भविष्यमा उदयपुर जिल्लामा थप स्वाब संकलन गर्ने योजना समेत रहेको ।

३. यस प्रकारका वृहत स्वाब संकलन र परीक्षणलाई निकट भविष्यमा अन्य प्रदेशहरुमा समेत निरन्तरता दिई कोभिड-१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउने र यस कार्यका लागि प्रदेश स्थित CCMCसंग समन्वय गरी कार्य अगाडि बढाउने योजना रहेको छ ।