प्रेस बिज्ञप्ति १२

2077-02-07 1700 Press Release

१. आज मिति २०७७/०१/२७ गते माननीय उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेलले कोरोना भाईरस (COVID-19) महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि काठमाण्डौं, छाउनीमा स्थापना गरिएको COVID-19 Crisis Management Center - Operation (CCMC-Ops) मा भ्रमण गर्नु भई हालसम्म भए-गरेका काम कारवाहीहरुको वारेमा जानकारी लिनु भएको छ ।

२. उक्त भ्रमणको क्रममा माननीय उपप्रधान एवम् रक्षामन्त्री पोखरेललाई कोरोना भाईरस (COVID-19) को विश्वव्यापी महामारी र नेपालको हालको अवस्था, सो को रोकथाम, नियन्त्रण र उपचारको ब्यवस्था सम्बन्धमा भए/गरेका काम कारवाहीहरु लगायत CCMCOps अन्तरगत रहेका ४ वटै कार्य समूहबाट भएका अन्य मुख्य मुख्य कार्यहरु, भावी रणनीति तथा कार्यनीतिको सम्बन्धमा प्रस्तुतीकरण मार्फत जानकारी गराईएको थियो । प्रस्तुतीकरण पश्चात माननीय उप प्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले कोरोना भाईरस (COVID-19) महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यमा सम्बद्ध सबैले मेहनत साथ योगदान पुर्याउन निर्देशन दिनु भएको छ ।

३. सोही कार्यक्रममा माननीय उप प्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले CCMCOps को संयोजन र समन्वयमा बिकाश गरिएको "COVIDNP" App (https://www.covid19.gov.np) Mobile मा download गरी विधिवत शुरुवात गर्नु भएको छ ।

४. संभावित बिरामीहरुको पहिचान गरी समयमा नै दूर-स्वास्थ्य परामर्श लगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले "COVIDNP" Mobile App को बिकास गरी आजबाट प्रयोगमा ल्याईएको हो ।यस Application लाई जो कसैले पनि आफ्नो Mobile मा download गरी प्रयोग गर्न सक्ने गरी तयार गरिएको छ । प्रयोग गर्ने व्यक्तिहरुलाई सोधिएको प्रश्नहरुको आधारमा प्राप्त उत्तरको मूल्याङ्कन गरी प्रयोगकर्तालाई Green, Yellow र Red गरी ३ बर्गमा बिभाजन गरी आवश्यकता अनुसार Tracking र Tracing गर्न सक्ने व्यवस्था मिलाईएको छ ।त्यसको अतिरिक्त उक्त App मा देहायका विशेषताहरु रहेका छन् ।

  • (क) एप्स Install गर्दा सोधिने प्रश्नहरुको उत्तर दिंदा फोन प्रयोग कर्ता COVID-19 बाट संक्रमित हो/होईन भन्ने पहिचान गर्न सकिने ।
  • (ख) यस एप्समा COVID-19 सँग सम्बन्धित रोगको पहिचान, रोकथाम तथा प्रतिकार्य सम्बन्धी जानकारीहरु समावेश गरिएको छ र आफूलाई यस रोगको शंका भएमा वा Emergency परेको बेला सम्पर्क गर्न दिईएको विभिन्न चिकित्सकहरुको आपत्कालीन सम्पर्क नम्बरहरु मार्फत सम्पर्क गरी सुझाव लिन सकिने ।
  • (ग) बिभिन्न सरकारी निकायहरुबाट विकास गरिएका Mobile Apps हरुलाई आवद्ध गरी एकीकृत रुपमा Data Collection तथा Data Sharing गर्न सकिने गरी Design भएको ।
  • (घ) Mobile को Bluetooth ON गरी समन्वयात्मक ढंगले (संक्रमितले उक्त App मा रजिष्टर भई Bluetooth ON गरेको अवस्थामा) प्रयोग गरेमा प्रयोगकर्ताले आफू भएको ठाँउ नजिकै कोही COVID-19 संक्रमित छ भने Mobile मा Alert सूचना प्राप्त हुने व्यवस्था रहेको ।
  • (ङ) यस एप्स मार्फत नेपाल सरकारबाट प्रेशित सार्वजनिक सूचना तथा निर्देशनहरु सहज रुपमा हेर्न वा पढ्न सकिने व्यवस्था रहेको।
  • (च) बिभिन्न Doctor हरुको पुल बनाई Medical Counseling को सेवा प्रदान/प्राप्त गर्न सकिने ।
  • (छ) देशभरि छरिएका बिभिन्न सामुदायिक अस्पतालहरुबाट सम्पादन भएका COVID-19 संग सम्बन्धित काम कारवाहीको विवरण Entry गर्न सकिने र सो का आधारमा तत्काल (Real Time) बस्तुस्थितिको जानकारी लिन सकिने ।

५. उक्त कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव श्री नारायण प्रसाद बिडारी CCMCOps को संयोजक तथा प्रधानमन्त्री मन्त्रिपरिषद कार्यालयका सचिव श्री महेन्द्र प्रसाद गुरागाई लगायत संयोजक समितिका सदस्यहरु, ४ वटै कार्य समूहका प्रमुखहरु, सरकारी संचार माध्यमका प्रतिनिधिहरुका साथै अन्य सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

६. कोभिड-१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने रणनीति अनुसार CCMCOps को संयोजन र समन्वयमा तयार गरिएको "COVIDNP" (https://www.covid19.gov.np) App सबैले आ-आफ्नो Mobile मा download गरी स्वास्थ्य स्थिति वारे जानकारी upload गर्नु भई आवश्यकता अनुसार दूर-स्वास्थ्य परामर्श लगायत थप उपचार सेवाको अतिरिक्त उपलव्ध अन्य सेवाहरु प्राप्त गरी आफू, आफ्नो परिवार र समुदायलाई COVID-19 को महामारीबाट बचाउन सहयोग पुर्यारउनु हुन सम्पूर्ण आम नागरिकलाई हार्दिक अनुरोध गर्दछौं ।